Kathmandu Press

मानवअधिकार आयोगले भन्यो– द्वन्द्वपीडितलाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउ 

आयोगले भनेको छ, ‘सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन विगतमा गरिएका प्रयासहरुको असफलताबाट पाठ सिक्दै पुनः सो नियति नदोहोरियोस् भनी सम्बद्ध सबै पक्ष गम्भीर हुनु आवश्यक छ।’ 
मानवअधिकार आयोगले भन्यो– द्वन्द्वपीडितलाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउ 

काठमाडौं, जेठ ८ : राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन आग्रह गरेको छ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेको हो। आयोगका सहसचिव एवं प्रवक्ता डा.टिकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा पीडितहरूको स्वीकार्यता, विश्वसनीयता र सहयोगबाट मात्र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्ने कुरामा आयोग स्पष्ट रहेको उल्लेख छ। 

Hardik ivf

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले विगत दुई वर्षदेखि रिक्त रहेको संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगहरु गठन गरेको सन्दर्भमा द्वन्द्वपीडितहरूले आयोग गठन प्रक्रियाप्रति गरेको असहमतिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। पीडितहरूको स्वीकार्यता, विश्वसनीयता र सहयोगबाट मात्र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्दछ भन्ने कुरामा आयोग स्पष्ट छ।’

आयोगले विवाद र असहमतिलाई वार्ता र संवादका माध्यमबाट निकास दिन सकिने पनि जनाएको छ। 

आयोगले भनेको छ, ‘सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन विगतमा गरिएका प्रयासहरुको असफलताबाट पाठ सिक्दै पुनः सो नियति नदोहोरियोस् भनी सम्बद्ध सबै पक्ष गम्भीर हुनु आवश्यक छ।’ 

आयोगले सङ्क्रमणकालीन न्यायका अन्तर्राष्ट्रिय अभ्यासहरुलाई आत्मसात गर्दै सङ्क्रमणकालीन न्यायलाई विशुद्ध कानुनी प्रकृतिको न्यायिक निरुपणको विषय मात्र नबुझी पीडितको सन्तुष्टिलाई केन्द्रमा राख्न, भविष्यमा द्वन्द्व नदोहोरियोस् भन्नेतर्फ विचार पुर्याउन र द्वन्द्वपीडित समुदायलाई विश्वासमा लिई कार्य गर्न आयोगले अनुरोध समेत गरेको छ। 

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, जेठ ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्