Kathmandu Press

प्रसाईंसहित ५३ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

उनीहरूमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा प्रहरी अनुसन्धान चलिरहेको छ। राज्यविरुद्धको कसुरमा मात्र २८ जनामाथि अनुसन्धान चलिरहेको छ। 
प्रसाईंसहित ५३ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, जेठ ८ : तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप दुई दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

उनीहरूमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा प्रहरी अनुसन्धान चलिरहेको छ। राज्यविरुद्धको कसुरमा मात्र २८ जनामाथि अनुसन्धान चलिरहेको छ। 

गत चैत १५ गते तीनकुनेमा प्रसाईंले निषेधित क्षेत्रमा आफैंले मोटर कुदाएर प्रहरीलाई पेल्दै निषेधाज्ञा तोडेपछि भिड अनियन्त्रित बनेको थियो। त्यसदिनदेखि फरार रहेका प्रसाईंलाई प्रहरीले भारतमा पक्राउ गरी काठमाडौं ल्याएको हो। 

थपिएको अवधिभित्र अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी छ। 

प्रकाशित मिति: १७:०२ बजे, बिहीबार, जेठ ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्