Kathmandu Press

‘बाबुरामलाई बुद्धि नभएको भन्नु र प्रचण्डलाई कम्युनिस्ट ठान्नु दुवै जोक हुन्’ 

गुरुङले बाबुरामले गोर्खा क्षेत्र गोरखा–२ नछाडेको भए प्रचण्ड सांसद बन्ने अवस्था नआउने समेत बताए। 
‘बाबुरामलाई बुद्धि नभएको भन्नु र प्रचण्डलाई कम्युनिस्ट ठान्नु दुवै जोक हुन्’ 

काठमाडौं, जेठ ८ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईमाथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको टिप्पणीमाथि भट्टराईको सचिवालयले प्रतिबाद गरेको छ। 

प्रचण्डले रुकुमपूर्वमा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईलाई लक्षित गर्दै सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिनिएको भन्दै यस्तासँग एकता गर्न नसकिने बताएका थिए। 

सोही अभिव्यक्तिलाई लिएर भट्टराईका स्वकीय सचिव रेखी गुरुङले सामाजिक सञ्जालमार्फत जवाफ दिएका हुन्। गुरुङले बाबुरामले गोर्खा क्षेत्र गोरखा–२ नछाडेको भए प्रचण्ड सांसद बन्ने अवस्था नआउने समेत बताए। 

‘बाबुरामलाई बुद्धि नभएको भन्नु र प्रचण्डलाई कम्युनिष्ट ठान्नु’ आफैँमा दुई ठूला राजनीतिक  जोक हुन्,’ गुरुङले भनेका छन्, ‘बाबुरामले गोरखास्थित आफ्नो क्षेत्र नछोडेका भए राजनीतिक ठगी गर्न सिपालु प्रचण्ड सायद सांसद पनि बन्ने थिएनन्,’ गुरुङले भने।

बाबुरामले बनाएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा मर्निङ वाक गर्दै बाबुराममाथि खिसिट्युरी गरिएको बताउँदै थप भनेका छन्, ‘प्रचण्डले आफ्नै इतिहास प्रति अट्टहास गर्नु हो।’ 

यस्तै, भट्टराईका स्वकीय सचिव रेखी गुरुङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सत्ताको खेलाडी र बाबुरामलाई परिवर्तनको संवाहक समेत भनेका छन्।  
 

प्रकाशित मिति: १४:१० बजे, बिहीबार, जेठ ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्