Kathmandu Press

पतञ्जली जग्गा प्रकरणको प्रतिवेदन अख्तियारमा पठाउने लेखा समितिको निर्णय

लेखा समितिको विहीबार बसेको बैठकले पतञ्जली प्रकरणलाई लिएर गरेको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय गरेको हो। 
पतञ्जली जग्गा प्रकरणको प्रतिवेदन अख्तियारमा पठाउने लेखा समितिको निर्णय
फाइल तस्बिर।

काठमाडौं, जेठ ८ : सार्वजनिक लेखा समितिले पतञ्जली जग्गा प्रकरणबारे गरिएको अनुसन्धान प्रतिवेदनमा थप छानविनका लागि अख्तियारमा पठाउने निर्णय गरेको छ।

लेखा समितिको विहीबार बसेको बैठकले पतञ्जली प्रकरणलाई लिएर गरेको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय गरेको हो। 

समिति सभापति ऋषिकेश पोखरेलले पतञ्जली जग्गा प्रकरणसँग जोडिएर सार्वजनिक लेखा समितिमा उजुरी आएको बताउँदै बैठकले थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने निर्णय गरेको जानकारी संचारकर्मीलाई दिए।

प्रकाशित मिति: १३:५४ बजे, बिहीबार, जेठ ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्