Kathmandu Press

भूमि विधेयक असंवैधानिक भएको संघीय लोकतान्त्रिक मोर्चाको निष्कर्ष

बुधबार बसेको मोर्चाको बैठकले प्रदेशको क्षेत्राधिकार हस्तक्षेप गरी विधेयक ल्याइएको निश्कर्षसहित अवैध रहेको निश्कर्ष निकालेको हो। विधेयकले भूमिहीन र सुकुम्बासी समस्याको समाधान गर्न नसक्ने मोर्चाले बताएको छ। 
भूमि विधेयक असंवैधानिक भएको संघीय लोकतान्त्रिक मोर्चाको निष्कर्ष

काठमाडौं, जेठ ७ : मधेशकेन्द्रित दलहरू संलग्न संघीय लोकतान्त्रिक मोर्चाले भूमि सम्बन्धी विधेयक असंवैधानिक भएको निश्कर्ष निकालेको छ।

बुधबार बसेको मोर्चाको बैठकले प्रदेशको क्षेत्राधिकार हस्तक्षेप गरी विधेयक ल्याइएको निश्कर्षसहित अवैध रहेको निश्कर्ष निकालेको हो। विधेयकले भूमिहीन र सुकुम्बासी समस्याको समाधान गर्न नसक्ने मोर्चाले बताएको छ। 

बैठकपछि मोर्चाको निर्णयमा उल्लेख छ, ‘विधेयक रियल स्टेट, भू-माफिया, भूमि दलाल, भ्रष्टाचारी, वन तस्कर आदिलाई अत्यधिक लाभ पुग्ने गरी ल्याइएको छ। यसबाट वनजंगल विनाश भई पर्यावरण संकट उत्पन्न हुने र जैविक विविधता नष्ट भई तराई÷मधेश मरुभूमिकरण हुने, तराई÷मधेशमा आन्तरिक बसाइँसराइँका कारण अत्यधिक जनसंख्या वृद्धि भई भयावह स्थिति उत्पन्न हुनेछ।’ 

उक्त विधेयक फिर्ता गर्न समेत मोर्चाले सरकारसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०:०९ बजे, बुधबार, जेठ ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्