Kathmandu Press

विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पु‍र्याउनुपर्छ : मन्त्री पन्त

मन्त्री पन्तले विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका विषयमा अन्तिममा टुङ्गोमा पु¥याउने गरि छलफल अघि बढाउन सुझाव दिए। 
विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पु‍र्याउनुपर्छ : मन्त्री पन्त

काठमाडौं, जेठ ७ : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा छलफल भएको छ।

आज समितिको बैठक कक्षमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल भएको हो। 

Hardik ivf

उक्त छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पु‍र्याउन आफू गम्भीर भएर लागेको बताए। उनले  निरन्तर छलफल गरि विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पु‍र्याउन आफू गम्भीर रहेको बताए। 

‘विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पु‍र्याउन म गम्भीर तरिकाले लागेको छु, निरन्तर छलफल गरेर यो विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पु‍र्याउनुपर्छ। विधेयकको छलफल सोमबारसम्म जारी नै राखौं,’ मन्त्री पन्तले ‘कतिपय विषयहरु छन्, तर विषयहरु भए पनि छलफललाई लम्ब्याँउ भन्न खोजेको होइन । राजनीतिक तहमा पनि मैले विद्यालय शिक्षा विधेयकलाई सहमति नजिक पुर्याउन खोजेको छु।’

साथै, विधेयकमा रहेका कतिपय विषयमा राजनीति तहमा पनि सहमति खोज्नुपर्ने देखिएको उनले बताए। मन्त्री पन्तले विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका विषयमा अन्तिममा टुङ्गोमा पु¥याउने गरि छलफल अघि बढाउन सुझाव दिए। 

समिति सभापति अम्बरबहादुर थापाले जेठ १५ गते बजेट आउनुअघि नै विधेयकलाई टुङ्गोमा पु‍¥याउनुपर्नेमा जोड दिए। उनले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरि चरणबद्ध रुपमा सुधारका योजना ल्याउनुपर्ने जिकिर गरे। 
 

प्रकाशित मिति: १९:२० बजे, बुधबार, जेठ ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्