Kathmandu Press

राप्रपा युवा संगठनका संयोजकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश 

बुधबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले केसीलाई रिहाईका लागि वन्दीप्रत्यक्षकरण आदेश दिएको हो। 
राप्रपा युवा संगठनका संयोजकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश 

काठमाडौं, जेठ ७ : सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर सरकारलाई गाली गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।  

बुधबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले केसीलाई रिहाईका लागि वन्दीप्रत्यक्षकरण आदेश दिएको हो। 

सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित केसीको हकमा अधिवक्ता राजकुमार श्रेष्ठले शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए। 

केसीको पक्राउलाई सर्वोच्चले गैरकानुनी थुना ठहर गरेको छ।  
 
प्रकाशित मिति: १९:१२ बजे, बुधबार, जेठ ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्