Kathmandu Press

मानव तस्करसँगको साँठगाँठको आरोपमा गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको आशंका देखिएपछि उनलाई पक्राउ गरिएको हो।
मानव तस्करसँगको साँठगाँठको आरोपमा गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

काठमाडौं, जेठ ७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको छ। 

अख्तियारबाट खटिएको प्रहरी टोलीले भट्टराईलाई पक्राउ गरी नियन्त्रणमा लिएको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख रहेका भट्टराईलाई मंगलबार मात्र सरुवा गरी गृह मन्त्रालय लगिएको थियो।

अख्तियारले अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा मारी कागजात समेत नियन्त्रणमा लिएको छ। 

मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको आशंका देखिएपछि उनलाई पक्राउ गरिएको हो। उक्त प्रकरणमा अख्तियार विस्तृत अनुसन्धानको तयारीमा रहेको छ । 

प्रकाशित मिति: १८:२५ बजे, बुधबार, जेठ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्