Kathmandu Press

लेखा समितिको बैठकमा एमाले र प्रतिपक्षी सांसदविच भनाभन 

समितिको बैठकमा प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद अमनलाल मोदीले बोलिरहँदा  एमाले, प्रतिपक्षी दल माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूबीच भनाभनकाे अवस्था आएको हो। 
लेखा समितिको बैठकमा एमाले र प्रतिपक्षी सांसदविच भनाभन 
फाइल तस्बिर।

काठमाडौं, जेठ ७ : सार्वजनिक लेखा समितिको बैठकमा सांसदविच भनाभन् भएको छ। सत्तारुढ एमाले र प्रतिपक्षी दलका सांसदहरूबीच बुधबारको बैठकमा भनाभन चलेको हो। 

समितिको बैठकमा प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद अमनलाल मोदीले बोलिरहँदा  एमाले, प्रतिपक्षी दल माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूबीच भनाभन्को अवस्था आएको हो। 

Hardik ivf

सांसद मोदीले शुरुमा सार्वजनिक लेखा समितिको सभापति ऋषिकेश पोखरेल सत्तापक्षको भएकाले उपसमितिले तयार पारेका प्रतिवेदन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताएका थिए। उक्त भनाईको एमाले सांसद भट्टराईले प्रतिवाद गरे। 

उक्त प्रतिवादपछि माओवादी सांसद मोदीले उक्त विषयमा एमालेबाहेक सांसदले छलफल गर्नुपर्ने प्रस्ताव ल्याएका थिए। 

स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहल पनि एमालेकै सांसद सभापति हुँदा प्रतिवेदन कार्यान्वयनमा कठिनाइ भएको भनाई राखे। 

माओवादी सांसद मोदीले जुन दलको नेतृत्वमा सरकार र प्रधानमन्त्री छन्, त्यही दलको सांसद समितिको सभापति हुँदा हविगत भएको बताएका थिए। त्यसपछि समितिका सभापति पोखरेलले बैठकलाई दलीयकरण नगर्न आग्रह गरे। 

त्यसपछि एमाले सांसद गोकुल बास्कोटाले प्रतिपक्षी दलका सांसदको प्रतिबादमा उत्रिए। बास्कोटा बोल्न नपाउँदै नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले योगेश भट्टराईले दुईपटक कुरा राखेको प्रश्न उठाए। 

प्रकाशित मिति: १८:०७ बजे, बुधबार, जेठ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्