Kathmandu Press

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

उनले नेपालको चलन पैसा भन्ने चिज कसरी आउँछ? कुन रुपबाट आउँछ? यसको उपयोग कसरी गर्ने भन्ने कुरामा हामी आफैं कन्फ्युज हुने गरेको बताए।
बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

काठमाडौं, जेठ ७ : बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का सम्बन्धमा छलफल भएको छ।

अर्थ समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का विषयमा विज्ञ र सरोकारवालासँग छलफल गरेको हो। 

छलफलमा नेपाल राष्ट्र बैंकका  पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले बैंक के को लागि हो भनेर बुझ्नुपर्ने बताए। उनले नेपालको चलन पैसा भन्ने चिज कसरी आउँछ? कुन रुपबाट आउँछ? यसको उपयोग कसरी गर्ने भन्ने कुरामा हामी आफैं कन्फ्युज हुने गरेको बताए।

‘हामीले बैंक के को लागि हो भनेर बुझ्नुपर्ने हुन्छ। हाम्रो चलन के छ भन्दा हामीलाई पैसा चाहिएको छ। देश विकास गर्नु पनि छ,’ उनले भने, ‘तर हामी आफैं कुन रुपमा कन्फ्युज छौं भन्दा पैसा भन्ने चिज कसरी आउँछ? कुन रुपबाट आउँछ? यसको उपयोग कसरी गर्ने भन्ने कुरामा हामी आफैं कन्फ्युज छौं।’

उनले नेपालमा कानुन बने पनि त्यसको कुनै अर्थ नहुने गरेको बता । उनले के उदेश्यले बैंक राख्ने, बैंकमा लगानि किन गराउने यो सबै बुझ्न आवश्यक रहेको बताए।

उक्त छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति कानुन विपरीत गरेको बताएका छन्। उनले नवनियुक्त गभर्नर विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको बताए।

‘यही समितिको कुरा हो गभर्नर। यही समितिमा म माग गर्दछु संसदीय समिति बनाइयोस् छानविन गराइयोस्,’ उनले भने, ‘सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुन विपरीत नियुक्त गरेको छ। कानुनी रुपमा गभर्नर नियुक्त छ की छैन भनेर  छानविन समिति बनाइनुपर्छ।’ 
 

प्रकाशित मिति: १७:१२ बजे, बुधबार, जेठ ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्