Kathmandu Press

भारतले युद्ध चाहेको छैन्, युद्धको लागि कसैले नउक्साउनु होला : नेता जोली

कश्मीरको पहलगाममा २६ निर्दोष मानिसको धर्मको नाममा आतंकवादीहरुले निर्मम हत्या गरेको बताउँदै उनले त्यस सन्दर्भमा नेपाल सरकारले भारतलाई गरेको सहयोगको लागि उनले धन्यवाद दिए।
भारतले युद्ध चाहेको छैन्, युद्धको लागि कसैले नउक्साउनु होला : नेता जोली

काठमाडौं, जेठ ७ : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले भारतले युद्ध नचाहेको भन्दै युद्धको लागि कसैले पनि नउक्साउन आग्रह गरेका छन्।  

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले कश्मीरको पहलगाम घटनामा नेपालले गरेको सहयोगको लागि धन्यवाद दिदैँ उनले भारतले युद्ध नचाएको बताए।

Hardik ivf

‘हामी पूरै दक्षिण एसियामा आतंकवादको परिक्षण गर्न दिँदैनौं, भारत युद्ध चाहँदैन। भारतलाई नउक्साउनुहोला तर ती कश्मीरको पहलगाममा सहिद भएका २६ जना मानिसहरु जसमा एक जना नेपालीमूलको भाइ पनि थियो,’ उनले भने। 

कश्मीरको पहलगाममा २६ निर्दोष मानिसको धर्मको नाममा आतंकवादीहरुले निर्मम हत्या गरेको बताउँदै उनले त्यस सन्दर्भमा नेपाल सरकारले भारतलाई गरेको सहयोगको लागि उनले धन्यवाद दिए।

उनले कश्मीर घटनामा नेपालका प्रधानमन्त्रीले १२ घण्टाभित्र फोन गरीे भाइचारा सम्बन्ध निर्वाह गरेको भन्दै पाकिस्तानको कारण सार्कको औचित्य घटेको बताए। 

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, जेठ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्