उत्पादित वस्तुहरुमा हुने विषादी प्रयोगलाई न्यूनिकरण गरौं : मन्त्री अधिकारी
‘हामी धेरै विषादी प्रयोग गर्छौं। यो विषादी प्रयोगलाई न्यूनिकरण गर्नुपर्छ। विस्तारै विस्तारै उत्पादन कम होला तर यो न्यूनिकरण गर्न जरुरी छ। हामीले यसलाई न्यूनिकरण गर्न सकेनौं भने भविष्य राम्रो छैन,’ उनले भने।-1747824086.jpg)
काठमाडौं, जेठ ७ : कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले उत्पादित वस्तुहरुमा हुने विषादी प्रयोगलाई न्यूनिकरण गर्नुपर्ने बताएका छन् । जैविक कृषि जागरण यात्रा २०८२ मा बोल्दै उनले धेरै विषादी प्रयोगले भविष्य राम्रो नहुने बताएका हुन् ।
‘हामी धेरै विषादी प्रयोग गर्छौं। यो विषादी प्रयोगलाई न्यूनिकरण गर्नुपर्छ। विस्तारै विस्तारै उत्पादन कम होला तर यो न्यूनिकरण गर्न जरुरी छ। हामीले यसलाई न्यूनिकरण गर्न सकेनौं भने भविष्य राम्रो छैन,’ उनले भने।
उनले प्राङगारीक मल तयार गुर्नपर्ने बताए। उनले विषादी नभएको मलका लागि केही न केही पैसा छुट्याउनु पर्ने र त्यसमा अगाडि जानुपर्छ भनेर मन्त्रालयमा दैनिक छलफल चलेको समेत बताए।
‘रसायनिक मलका सम्बन्धमा थुप्रै कुराहरु आएका छन्। हामीले प्राङगारीक मल तयार गरिसकेका छैनौं। त्यसको तयारीमा लागौं। तर त्यसले उत्पादन कती दिन्छ? हामीले प्राङगारीक मल पनि राख्न सक्छौं,’ उनले भने, ‘त्यसमा थोरै थोरै युरिया पनि छर्न सक्छौं। प्राङगारीक मललाई बढावा दिने, रसायनिक मललाई विस्तारै घटाउने। हामीले यो पटक प्राङगारीक मलका लागि, विषादी नभएको मलका लागि केही न केही पैसा छुट्याउनैपर्छ र त्यसमा अगाडि जानुपर्छ भनेर मन्त्रालयमा दैनिक छलफल चलेको छ।’
कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले निर्यात गर्न नसके पनि आयातलाई घटाउनुपर्ने बताएकी छन्। उनले खाद्य वस्तु नेपालमा आयात हुन कम भएपछि मात्र देश समृद्धितिर लम्किँदै जाने बताइन्।