बैठकमा भनाभन भएपछि साँसद मियाँले सभापति साहलाई माइकले हानिन्
सिंहदरबारस्थित समितिको कार्यकक्षमा भनाभन भएपछि माओवादीकी सांसद कुसारीले नेम प्लेट र माइक प्रहार गरेकी हुन्।
काठमाडौं, जेठ ७ : महिला तथा सामाजिक समितिकाे बैठकमा भनाभन भएपछि नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले समितिका सभापति किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरेकी छन्।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा भनाभन भएपछि माओवादीकी सांसद कुसारीले नेम प्लेट र माइक प्रहार गरेकी हुन्।
सभापति साहले सांसद कुसारी समिति बैठकमा ढिला गरी आएको र अनुमतिविनै बोल्न थालेको बताएका थिए। महिला बालबालिका तथा ज्येष्ठ नागरिक भएका अनाथालय, वृद्धाश्रम र बाल सुधार गृहको अनुगमनको विषयमा भनाभन् भएपछि यस्तो अवस्था आएको हो।
सांसद कुसारीले समिति सभापति साह सधैं आफै संयोजक भएर अनुगमनमा जाने, छोरालाई स्वकीय सचिव बनाएर घुम्न लैजाने र खाली बिल स्वीकृत गराउने गरेको आरोप लगाएकी छन्।
उनले सभापतिबाट आफूलाई भेदभावपूर्ण व्यवहार गरेको समेत बताइन्। कुसारीले माइक र नेमप्लेटले हानेको स्विकार गर्दै सभापति साहलाई नहटाएसम्म आफु उक्त बैठकमा नबस्ने समेत बताइन्।
उनले विगतमा पनि सभामुखलाई सभापति साहको व्यवहारबारे जानकारी गराएको समेत सुनाइन्।