Kathmandu Press

प्रतिनिधिसभाको कार्यसूचीबाट प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो

प्रधानमन्त्री केपी ओली स्वास्थ्यको कारण प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने भएपछि कार्यसूचीबाट प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइएको हो।
प्रतिनिधिसभाको कार्यसूचीबाट प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो

काठमाडौं, जेठ ६ : प्रतिनिधिसभाको आजको कार्यसूचीबाट प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। 

प्रधानमन्त्री केपी ओली स्वास्थ्यको कारण प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने भएपछि कार्यसूचीबाट प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो। 

आजको अन्य कार्यसूची भने यथावत छ। अहिले प्रतिनिधिसभा बैठक जारी छ।

प्रकाशित मिति: ११:३३ बजे, मंगलबार, जेठ ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्