Kathmandu Press

रौतहटमा बस र म्याजिक ठोक्किँदा युवतीको घटनास्थलमै मृत्यु

उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । लालबन्दी नगरपालिका १७ स्थित रानिगन्जको घिमिरे चोकमा सोमबार अपरान्ह पौने ५ बजेतिर दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ।
रौतहटमा बस र म्याजिक ठोक्किँदा युवतीको घटनास्थलमै मृत्यु

रौतहट, जेठ ५ : सर्लाहीको रानिगन्जमा बस र म्याजिक ठोक्किँदा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ। 

उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । लालबन्दी नगरपालिका १७ स्थित रानिगन्जको घिमिरे चोकमा सोमबार अपरान्ह पौने ५ बजेतिर दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ।

Hardik ivf

प्रहरीका अनुसार विराटनगरबाट मलङ्गबारका लागि छुटेको ना.६ ख ७२२७ नम्बरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना. १ ज २६४५ नम्वरको म्याजिक ठोक्किँदा म्याजिकमा सवार रानिगन्जकै २२ वर्र्षीया युवती सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीका अनुसार राजमार्ग विस्तार गर्न बनाइएको डाइभर्सन भएको ठाउँमा दुर्घटना भएको छ। 

दुर्घटनामा घाइते भएकाको स्थानीय मोडेल अस्पतालमा उपचार भईरहेको उनले जानकारी दिए। 

मृतक युवतीको शव सोही अस्पतालमा रहेको दुर्घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १९:४० बजे, सोमबार, जेठ ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्