Kathmandu Press

रेशमलाई थुनाउने महिमानसिंहलाई एक लाख धरौटीमा छाड्न आदेश 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख धरौटी छाड्न आदेश दिएको हो। 
रेशमलाई थुनाउने महिमानसिंहलाई एक लाख धरौटीमा छाड्न आदेश 

काठमाडौं, जेठ ५ : सरकारी कागजात कीर्ते मुद्दा चलाइएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई काठमाडौं अदालतले १ लाख धरौटीमा छाड्न आदेश दिएको छ। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख धरौटी छाड्न आदेश दिएको हो। 

सिंहले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि पक्राउ परेका थिए। प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थिया

विष्टले सर्वोच्च अदालतको लेटरप्याड र छापको दुरुपयोग गरेको आरोप छ । प्रहरी बयानमा उनले कसूरमा सावित हुँदै आरोप स्वीकारेका छन्। 

प्रकाशित मिति: १८:०९ बजे, सोमबार, जेठ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्