Kathmandu Press

बीमा प्राधिकरण अध्यक्ष ओझाका कागजात झिकाउन सर्वोच्चको आदेश

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले ओझालाई नियुक्त गर्न लिइएका आधारसम्बन्धी कागजात झिकाउन आदेश दिएको हो। 
बीमा प्राधिकरण अध्यक्ष ओझाका कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, जेठ ५ : बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्ति बदरको माग गर्दै दर्ता भएको रिटमा सर्वोच्च अदालतले सोमबार कागजात झिकाउन आदेश दिएको छ। 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले ओझालाई नियुक्त गर्न लिइएका आधारसम्बन्धी कागजात झिकाउन आदेश दिएको हो। 

यसअघि गत चैत २० गते सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले प्राधिकरण अध्यक्षमा ओझालाई नियुक्त गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिँदै दुवै पक्षलाई छलफलमा डाकेको थियो।

बीमा प्राधिकरणको अध्यक्ष बन्न ओझाको योग्यता नपुग्ने दाबीसहित नियुक्ति बदरको माग राखेर नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्तासमेत रहेकी अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन्।

प्रकाशित मिति: १७:११ बजे, सोमबार, जेठ ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्