प्रतिनिधिसभाको बैठकबाट जलस्रोत विधेयक पारित
संघीय संरचना अन्तर्गत संघ, प्रदेश र स्थानीय तहबीच जलस्रोतसम्बन्धी आयोजनाको विकास, सञ्चालन, दायित्व तथा अधिकार र राजश्व बाँडफाँट गर्न कानुनी ढाँचा तयार गर्ने उद्देश्यले विधेयक ल्याइएको जनाइएको छ।
काठमाडौं, जेठ ५ : सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट जलस्रोत विधेयक पारित भएको छ।
उक्त विधेयकलाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले प्रतिनिधि सभामा प्रस्ताव गरेका थिए।
संघीय संरचना अन्तर्गत संघ, प्रदेश र स्थानीय तहबीच जलस्रोतसम्बन्धी आयोजनाको विकास, सञ्चालन, दायित्व तथा अधिकार र राजश्व बाँडफाँट गर्न कानुनी ढाँचा तयार गर्ने उद्देश्यले विधेयक ल्याइएको जनाइएको छ।
विधेयकमाथि छलफलको क्रममा प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले जलस्रोत ऐन, २०४९ को कार्यान्वयनका क्रममा देखा परेका समस्या, चुनौती र अवसरलाई समेट्दै तथा अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखी नयाँ विधेयक तयार गरिएको जानकारी गराए।
जयसअघि विधेयकको प्रारम्भिक मस्यौदा ३१ जेठ २०८१ मा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले संसद्मा दर्ता गराएका थिए।