Kathmandu Press

गणतन्त्र दिवसको मूल समारोह समितिबाट बालेनलाई हटाउन प्रधानमन्त्रीले दिए निर्देशन

बैठकमा प्रधानमन्त्री ओलीले सरकारले आयोजना गरेका कार्यक्रमहरूमा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरेको उल्लेख गर्दै उनले यस्ता व्यक्तिहरूको रेकर्ड हेरेर आगामी कार्यक्रमहरूमा नाम नराख्न निर्देशन दिए।
गणतन्त्र दिवसको मूल समारोह समितिबाट बालेनलाई हटाउन प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडाैं, जेठ ५ : प्रधानमन्त्री केपी ओलीले गणतन्त्र दिवस, मूल समारोह समितिबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई हटाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो बसेको मूल समितिको बैठकमा काठमाडौंका मेयर बलेन अनुपस्थित थिए। बालेन अघिल्लो वर्षको समितिको बैठकमा पनि अनुपस्थित थिए। 

Hardik ivf

उपत्यकाभित्रका पालिकामा प्रमुख पदेन सदस्य रहने व्यवस्था अनुसार बानेन पनि गणतन्त्र दिवस, मूल समारोह समितिका सदस्य हुन्। 

बैठकमा प्रधानमन्त्री ओलीले सरकारले आयोजना गरेका कार्यक्रमहरूमा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरेको उल्लेख गर्दै उनले यस्ता व्यक्तिहरूको रेकर्ड हेरेर आगामी कार्यक्रमहरूमा नाम नराख्न निर्देशन दिए। प्रधानमन्त्री ओलीले बालेनप्रति संकेत गरेपछि नामै भने लिएका थिएनन्। 

‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि के हो। कोही–कोही मान्छे हरेक फङ्सनमा राख्ने गर्दछौँ, कहिल्यै देखा पर्दैन। त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ। कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्त्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ। आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने– यस्तो हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘अर्को पल्टसम्ममा सोधी खोजी गर्नुहोला, हेर्नुहोला, रेकर्ड– को एक पटक पनि आउँदैन। त्यो रेकर्ड हेरेर आउने हो कि होइन, सोधेर आउने नभए नाम नराख्नु होला। हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने।


 

प्रकाशित मिति: १६:३७ बजे, सोमबार, जेठ ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्