Kathmandu Press

जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला

उनले नेकपा एमाले र नेपाली काङ्ग्रेस मिलेको सरकारले केही गरेको भन्दै गर्दा विपक्षी सांसदहरु सरकारमा हुँदा भएका कामहरुको पनि तथ्य तथ्यांक स्पष्ट रहेको बताए।
जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला

काठमाडौं, जेठ ५ : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनमा जादुवाला नम्बर भएकाहरुबाट वर्तमान सरकारले केही गरेन भन्ने जस्तो भ्रम फैलाउने काम भएको बताएका छन्। 

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले वर्तमान सरकारले निराशाहरु चिरेर अर्थतन्त्रलाई लयमा ल्याउनको लागि विभिन्न कार्यक्रमहरु गरि अगाडि बढिरहेको भन्दै सदनमा जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आएको बताए। 

‘अहिलेको सरकारले निराशाहरु चिरेर आशामा रुपान्तरण गर्ने, गतिहिनतामा रहेको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकार विभिन्न कार्यक्रमहरु गरि अगाडि बढिरहेको छ। तर जनतामा निराश छाउनेगरी अभिव्यक्तिहरु आइरहेका छन्,’ सांसद गड्तौलाले भने, ‘गाँउघरमा जादुगरले कागजको पत्ता राखेर हजारको नोट निकाल्छ, तर त्यो सत्य होइन, त्यो केवल भ्रम हो। यो संसदमा पनि यस्ता प्रवृत्तिहरु देखिरहेका छौं। जादुगरले कागज देखाएर पैसाको नोट निकालेको जस्तो प्रवृत्तिकै जादुवालाहरु, जादुवाला नम्बर भएकाहरुबाट यस्तो अभिव्यक्ति सुनिरहेका छौं त्यो केबल भ्रम मात्र हो।’

उनले नेकपा एमाले र नेपाली काङ्ग्रेस मिलेको सरकारले केही गरेको भन्दै गर्दा विपक्षी सांसदहरु सरकारमा हुँदा भएका कामहरुको पनि तथ्य तथ्यांक स्पष्ट रहेको बताए।
 
प्रकाशित मिति: १४:१४ बजे, सोमबार, जेठ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्