Kathmandu Press

हिंसात्मक घटनालाई धर्मको आधारमा उन्मुक्ति दिन मिल्दैन : गृहमन्त्री 

उनले कुनै हिंसात्मक घटनालाई धर्मको आधारमा उन्मुक्ति दिन नमिल्ने पनि स्पष्ट पारे।
हिंसात्मक घटनालाई धर्मको आधारमा उन्मुक्ति दिन मिल्दैन : गृहमन्त्री 

काठमाडौं, जेठ ५ : गृहमन्त्री रमेश लेखकले कुनै हिंसात्मक घटनालाई धर्मको आधारमा उन्मुक्ति दिन नमिल्ने बताएका छन्। 

गृहमन्त्री लेखकले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गत चैत १५ गते तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराधकर्म भएको बताए। 

Hardik ivf

उनले हिंसालाई धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने भनाई राखे। तीनकुनेमा गरिएको राजतन्त्रको वकालत नेपालको संविधानविपरीत रहेको भनाई लेखकको थियो। 

‘कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न, असहिष्णु, अराजक र अपराधजन्य कार्यमा प्रयोग गर्न हुँदैन। धार्मिक आवरणमा अपराधजन्य कार्य स्विकार्य हुन सक्दैन,’ लेखकले भने, ‘हाम्रो धार्मिक सहिष्णुता र मेलमिलाप हाम्रो परम्परा पनि हो। हाम्रो सबै धर्महरू एकअर्काप्रति सम्मान गर्ने र अर्कोको धर्ममा अवरोध नगर्ने हाम्रो परम्परा हो र त्यसै अनुसार जानुपर्छ भन्ने पक्षमा छौं।’

उनले कुनै हिंसात्मक घटनालाई धर्मको आधारमा उन्मुक्ति दिन नमिल्ने पनि स्पष्ट पारे। उनले तीनकुने घटनामा संलग्नहरूलाई पक्राउ गरेर कारवाहीको प्रक्रियामा ल्याउन अनुसन्धान भइरहेको जनकारी पनि दिए।

प्रकाशित मिति: १४:०८ बजे, सोमबार, जेठ ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्