प्रधानमन्त्रीसँग बालुवाटारमा युरोपियन युनियनका राजदूतहरूको भेट
भेटका अवसरमा नेपाल र युरोपियन युनियनबीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको जनाइएको छ।-1747642693.jpeg)
काठमाडौं, जेठ ५ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले सोमबार बालुवाटारमा शिष्टाचार भेट गरेको छ।
भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित विभिन्न मुलुकका राजदूतको उपस्थिति थियो भेटमा विभिन्न मुलुकका काठमाडौंस्थित राजदूत र भारतको नयाँदिल्लीस्थित गैरआवासीय राजदूत सहभागी थिए।
जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न सगरमाथा संवादका लागि पहिलोपटक युरोपियन युनियनका राजदूत नेपाल आएका थिए। भेटका अवसरमा नेपाल र युरोपियन युनियनबीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको जनाइएको छ।
प्रधानमन्त्री ओलीले भेटघाटका अवसरमा नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनका क्षेत्रमा गति लिएको जानकारी गराए।
साथै, मुलुकको राजनीतिक परिवर्तनमा लागेका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर आर्थिक विकास र सुशासनको प्रतिबद्धतासहित सरकार गठन भएकाले नेपालको समृद्धि र रोजगारी सिर्जनाका लागि लगानी विस्तार गर्न आग्रह गरेका थिए
प्रधानमन्त्री ओलीले सगरमाथा संवादको पहिलो शृंखलामा सहभागिताका लागि सबैलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले हिमालदेखि समुुद्रसम्मको अवधारणालाई महत्व दिँदै यस शृंखलाको निरन्तरता हुनेपनि बताए।