Kathmandu Press

लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा प्रधानन्यायाधीशको इजलासमा सुनुवाई हुँदै 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाईको तयारी भएको हो। 
लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा प्रधानन्यायाधीशको इजलासमा सुनुवाई हुँदै 

काठमाडौं, जेठ ५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतमा सुनुवाईको तयारी भएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाईको तयारी भएको हो। 

Hardik ivf

लामिछानेको वन्दीप्रत्यक्षीकरण रिट यसअघि पाँचौंपल्टसम्म हेर्न नमिल्ने न्यायाधीश रहेको इजलासमा परेपछि स्थगित हुँदै आएको थियो। 

लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट सोमबार ‘घ’ नम्बरमा तय भएको छ । आजै रिटमाथि सुनुवाईको तयारी भएको छ। पूर्वगृहमन्त्री रहेका लामिछाने हाल भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा छन्। 

सहकारी ठगी, सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेश अनुसार लामिछाने पुर्पक्षका लागि थुनामा रहेका हुन् । लामिछानेको थुनामुक्तिका लागि उनकी श्रीमती निकिता पौडेलले वन्दीप्रत्यक्षीकरण रिट दिएकी हुन्। 

प्रकाशित मिति: १३:१८ बजे, सोमबार, जेठ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्