Kathmandu Press

२५ करोड अवैध रकम बरामदबारे सदनलाई जानकारी चाहियो : सांसद खतिवडा

उनले २५ करोड बराबरको अवैध रकम समाएको घटनामा ड्राइभर र लोडरलाई मात्र समात्ने, धनीलाई नसमाउने भन्दै त्यसमा को–को संलग्न छन् सदनलाई जानकारी गराउन अनुरोध गरे।
२५ करोड अवैध रकम बरामदबारे सदनलाई जानकारी चाहियो : सांसद खतिवडा

काठमाडौं, जेठ ५ : नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले केही समय अगाडि सरकारले बरामद गरेको २५ करोड अवैध रकममा को–को संलग्न छन् भन्नेबारे सदनलाई जानकारी गराउन अनुरोध गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २५ करोड बराबरको अवैध रकम समाएको घटनामा ड्राइभर र लोडरलाई मात्र समात्ने, धनीलाई नसमाउने भन्दै त्यसमा को–को संलग्न छन् सदनलाई जानकारी गराउन अनुरोध गरे।

Hardik ivf

‘केही समय अगाडि सरकारले टोखाबाट २५ करोड बराबरको अवैध रकम समाउने काम गरेका थियो। त्यसमा एउटा ड्राइभर र व्यापारीलाई समात्यो थुन्यो, त्यसमा मुख्य मान्छे को हो, त्यसको संरक्षण कसले गरेको छ भनेर सरकारले अहिलेसम्म पत्ता लगाउन सकेको छैन,’ सांसद खतिवाडाले भने, ‘सँधै ड्राइभर र लोडरलाई समात्ने, धनीलाई नसमाउने, त्यसको पहुँच कहाँ कहाँ छ र त्यसमा को–को संलग्न छन्। त्यो बारेमा सदनलाई जानकारी गराउन अनुरोध गर्न चहान्छु।’

यस्तै, उनले श्रम मन्त्रालयका सल्लाहकार भन्नेहरुले चार रोपनी जग्गा लिएर महिला कामदारलाई हाउसमेडको रुपमा पठाउन ठूलो रकम लिएको र तालिम दिने काम सुरु गरेको भन्दै कानून नबनाइ यस्ता काम नगर्न आग्रह गरेका छन्।

‘भिजिट भिसाबाट धेरै महिलाहरु दुबई हुँदै कुबेत र साउदी अरब पुगेका छन्। केही समयका श्रम मन्त्रालयका सल्लाहकार भन्नेहरुले लुभुमा चार रोपनी जग्गा लिएर महिला कामदारलाई हाउसमेडको रुपमा पठाउन ठूलो रकम लिएको र तालिम दिने काम गरेका छन् । कानून नबनाई यस्ता काम नगरियोस्,’ सांसद खतिवडाले भने।

 

प्रकाशित मिति: १२:४७ बजे, सोमबार, जेठ ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्