Kathmandu Press

लेदोसहितको ठूलो पहिरोले हुम्लाको तिल गाउँ जोखिममा

सशस्त्र प्रहरीले उच्च जोखिममा परेकाे तिल गाउँबाट ३२ जनालाई खुला चौरमा सारेर त्रिपाल टाँगेर राखेको छ। 
लेदोसहितको ठूलो पहिरोले हुम्लाको तिल गाउँ जोखिममा

हुम्ला, जेठ ४ : जेठ १ गतेदेखि आएको लेदोसहितको ठूलो पहिरोले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँ जोखिममा परेको छ।

यो गाउँमा ५० घरधुरी मध्ये १८ घरधुरी अहिले बसोबास गर्दै आएका थिए। सशस्त्र प्रहरीले उच्च जोखिममा परेपछि ३२ जनालाई खुला चौरमा सारेर त्रिपाल टाँगेर राखेको छ। 

अहिलेसम्म लेदोसहितको पहिरोको खुल्न नसकेको प्रहरीले जनाएको छ। लेदोसहितको पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ।

पहिलोरे १५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको भने केही स्थानीयको घरमा पनि क्षति पुगेको छ। 

गत बिहीबार रातिको बाढीको कारण खोज्दै माथिल्लो तटीय क्षेत्रमा पुगेका सुरक्षाकर्मी सहितको स्थानीयको टोलीले सिरानमा रहेका दुई हिम पोखरी फुटेको आशंका गरिएको छ। 

प्रकाशित मिति: २०:२५ बजे, आइतबार, जेठ ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्