Kathmandu Press

पोलमा करेन्ट लागेर मृत्यु भएका नेपालीको परिवारलाई १० लाख क्षतिपूर्ति 

विद्युत मर्मतको जिम्मा पाएको सुदिपा निर्माण सेवाका प्रोपाइटर दिपक प्रसाद धिताल र मृतक नेपालीकी श्रीमती रश्मिला परियारबीच आइतबार सहमति भएको हो।
पोलमा करेन्ट लागेर मृत्यु भएका नेपालीको परिवारलाई १० लाख क्षतिपूर्ति 

कठमाडौं, जेठ ४ : काभ्रेको धुलिखेलमा विद्युतको पोलमा करेन्ट लागेर मृत्यु भएका उपेश नेपालीको परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराइने भएको छ।

सर्लाही ईश्वरपुरन नगरपालिका–१२ का नेपालीको शनिबार विद्युत् लाइन मर्मतकोक्रममा करेन्ट लागेर मृत्यु भएको थियो। 

Hardik ivf

विद्युत मर्मतको जिम्मा पाएको सुदिपा निर्माण सेवाका प्रोपाइटर दिपक प्रसाद धिताल र मृतक नेपालीकी श्रीमती रश्मिला परियारबीच आइतबार सहमति भएको हो। सहमती अनुसार मृतकका परिवारलाई पालन पोषण र छोराछोरीलाई शिक्षाका लागि क्षतिपूर्ति उपलब्ध गराइने समेत जनाइएको छ। 

पोलमा करेन्ट लागेर मृत्यु भएका नेपालीकी श्रीमतीलाई रोजगारीको व्यवस्था समेत गरिने सहमति पनि भएको छ। उनलाई विद्युत् प्राधिकरणकै केन्द्रमा रोजगारी उपलब्ध गराइने भएको छ। 

सहमति पत्रमा काभ्रे वितरण केन्द्रका कार्यकारी प्रमुख अमृत बाबु अधिकारीले रोजगारी सुनिश्चितता गर्न आवश्यक पहल गर्ने भनिएको छ। 

प्रकाशित मिति: २०:०८ बजे, आइतबार, जेठ ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्