Kathmandu Press

इच्छाराज तामाङलाई थुनामुक्त गर्न सर्वोच्च अदालतद्वारा अस्विकार 

सर्वोच्चका न्यायाधीशद्वय डा.नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले तामाङलाई थुनामा पठाउने जिल्ला र उच्च अदालतको आदेश सदर गरेको हो। 
इच्छाराज तामाङलाई थुनामुक्त गर्न सर्वोच्च अदालतद्वारा अस्विकार 

कठमाडौं, जेठ ४ : सर्वोच्च अदालतले सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ्सका संस्थापक अध्यक्ष एवं पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा पठाउने तल्लो अदालतको आदेशलाई सदर गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय डा.नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले तामाङलाई थुनामा पठाउने जिल्ला र उच्च अदालतको आदेश सदर गरेको हो। 

आफूलाई तल्लो अदालतले बेरितपूर्वक थुनामा राखेको दाबीसहित तामाङले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। काठमाडौं जिल्ला अदालतले २०७८ साल पुस १४ गते तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। उक्त आदेशलाई उच्च अदालतले समेत सदर गरेको थियो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तामाङले ठगी गरेको निष्कर्षसहित ५ अर्ब ६७ करोड बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। 

सोही प्रतिवेदनका आधारमा मुद्दा दायर भएको थियो। तामाङविरुद्ध एक हजार ४९९ जनाले ठगीमा किटानी जाहेरी दिएका छन्। 

प्रकाशित मिति: १९:३९ बजे, आइतबार, जेठ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्