Kathmandu Press

‘शान्तिपूर्ण आन्दोलनमार्फत नै एजेण्डा स्थापित गर्छौं’

अध्यक्ष लिङ्देनले जेठ १५ गते हुने राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलनमा सबैको सहभागिता गराउनुपर्ने बताए। उनले आन्दोलन सम्पूर्ण नेपालीको साझा आन्दोलन हो भन्ने ढंगले आफूलाई अगाडि ल्याउनुपर्ने बताए।
‘शान्तिपूर्ण आन्दोलनमार्फत नै एजेण्डा स्थापित गर्छौं’

काठमाडौं, जेठ ४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण आन्दोलनमार्फत नै एजेण्डा स्थापित गरेर छाड्ने बताएका छन्।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति उपत्यका स्तरीय जनजागरण तयारी बैठकमा बोल्दै उनले आफूहरु एजेण्डाको नजिक पुगेकाले कोहि पनि उत्ताउलो हुन नपर्ने बताए।

Hardik ivf

‘सबैले आफ्नो जिम्मेवारी कर्तव्य इमानदारितापूर्वक निर्वाह गर्नुपर्छ। शान्तिपुर्ण आन्दोलनले एजेण्डा स्थापित गरेरै छाड्छौं। हामी एजेण्डाको नजिक पुगेका छौं,’ उनले भने, ‘तर यसको लागि कोहि पनि उत्ताउलो हुनुहुँदैन। विग्रियो भने हामीबाटै विग्रिने हो। हामी सबै जिम्मेवार हुनुपर्छ। इमानदार हुनुपर्छ।’

अध्यक्ष लिङ्देनले जेठ १५ गते हुने राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलनमा सबैको सहभागिता गराउनुपर्ने बताए। उनले आन्दोलन सम्पूर्ण नेपालीको साझा आन्दोलन हो भन्ने ढंगले आफूलाई अगाडि ल्याउनुपर्ने बताए।

‘हामी अहिले जति छौं त्यतिले मात्रै पुग्दैन। यो कुरा म जहिले पनि भन्ने गरेको छु। छरिएकाहरु मिलेर आम जनताहरुलाई साथमा लिएर अगाडि बढ्दैनौं तबसम्म एजेण्डा पूरा हुन सक्दैन,’ उनले भने, ‘जेठ १५ गते ११ दिन बाँकी छ १२ दिन बाँकी छ भनेर होइन भोलि नै छ भनेर काम सुरु गर्नुपर्छ । आन्दोलन राजसंस्था पुनस्र्थापनाको आन्दोलन, हिन्दु राष्ट्र पुनस्र्थापना गर्न चाहनेको पनि हो। देशमा शुसासन र विकास चाहनेको पनि हो । बैंक वित्तिय सहकारी पीडित मानिसहरुको पनि हो, देशभित्रै रोजगारीको वातावरण निर्माण हुनुपर्छ भन्नेको पनि हो र यो  आन्दोलन विदेशमा रहेका गैरआवासीय नेपालीहरुको पनि हो। यो सम्पूर्ण नेपालीको  साझा आन्दोलन हो भन्ने ढंगले आफूलाई अगाडि ल्याउनुपर्छ।’

यसैगरी उनले आम जनतालाई १५ गते सडकमा ल्याउन सबैले मेहेनत गर्नुपर्ने बताए। उनले अहिले थुप्रै पार्टीका शक्तिहरु मिलेकोले आफूहरु पनि मिलेर अगाडि बढ्नुपर्ने बताए।

 

प्रकाशित मिति: १८:२७ बजे, आइतबार, जेठ ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्