Kathmandu Press

भाजपा नेता जोली नेपाल भ्रमणमा, उपप्रधानमन्त्री सिंहसँग भेट 

मन्त्री सिंहको सचिवालयले जनाए अनुसार भाजपाका पूर्वविदेश विभाग प्रमुख जोलीसँग नेपाल भारत सम्बन्ध थप सुदृढ गर्ने विषयमा सकारात्मक छलफल भएको छ।
भाजपा नेता जोली नेपाल भ्रमणमा, उपप्रधानमन्त्री सिंहसँग भेट 

कठमाडौं, जेठ ४ : भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेता विजय जोली नेपाल भ्रमणमा आएका छन्। 

जोलीले आइतबार उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेट गरेका छन्। जोली भाजपाका पूर्वविदेश विभाग प्रमुख हुन्। 

Hardik ivf

भाजपा नेता जोली सिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए। मन्त्री सिंहको सचिवालयले जनाए अनुसार भाजपाका पूर्वविदेश विभाग प्रमुख जोलीसँग नेपाल भारत सम्बन्ध थप सुदृढ गर्ने विषयमा सकारात्मक छलफल भएको छ।

यसअघि गत वैशाख १७ गते भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि नेपाल भ्रमणमा आएका थिए। 

चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अधिकांश शीर्ष दलका नेताहरुसँग भेट गरेका थिए। चौथाइवाभन्दा अघि भाजपाकै अर्का नेता भगतसिंह कोश्यारी नेपाल भ्रमणमा आएका थिए। 

प्रकाशित मिति: १७:५० बजे, आइतबार, जेठ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्