Kathmandu Press

कांग्रेसका पूर्वपदाधिकारी जुटे छलफलमा

पार्टीका प्रभावशाली पूर्वपदाधिकारीहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कृष्ण सिटौला, डा.प्रकाशशरण महत र डा.शंशाक कोइराला छलफलमा जुटेका हुन्। 
कांग्रेसका पूर्वपदाधिकारी जुटे छलफलमा

कठमाडौं, जेठ ४ : नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू सानेपास्थित एक अपार्टमेन्टमा छलफलमा जुटेका छन्।

पार्टीका प्रभावशाली पूर्वपदाधिकारीहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कृष्ण सिटौला, डा.प्रकाशशरण महत र डा.शंशाक कोइराला छलफलमा जुटेका हुन्। 

पूर्वपदाधिकारीविच कांग्रेसको आगामी अधिवेशन, सरकारका कामकारबाही, समसामयिक राजनीति लगायतका विषयमा छलफल भएको बताइएको छ। 

आइतबार दिउँसो छलफलमा जुटेका पूर्व पदाधिकारीवीच करिव एक घण्टा छलफल चलेको स्रोतले जनाएको  । छलफल पार्टीको आगामी महाधिवेशनमा केन्द्रीत रहेको बताइएको छ। 

प्रकाशित मिति: १८:०८ बजे, आइतबार, जेठ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्