दुर्गा प्रसाईंलाई थप चार दिन थुनामा राख्न अनुमति
काठमाडौं जिल्लाअदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि अनुसन्धानका लागि आइतबार हिरासतमा राख्न थप चार दिनको अनुमति दिएको हो।
कठमाडौं, जेठ ४ : तीनकुनेमा भएको हिंसात्मक घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंमाथि अनुसन्धनका लागि थप चार दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
काठमाडौं जिल्लाअदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि अनुसन्धानका लागि आइतबार हिरासतमा राख्न थप चार दिनको अनुमति दिएको हो। अन्य २५ जनालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
प्रसाईंमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । प्रहरीले राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान गरिरहेको छ।
दुईजनाको ज्यान जानेगरी चैत १५ गते काठमाडौँको तीनकुने घटनामा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार थिए। उनलाई प्रहरीले भारतबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो ।
प्रकाशित मिति: १७:०२ बजे, आइतबार, जेठ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

