Kathmandu Press

एक घण्टा अवधिमा काठमाडौंको पानीपोखरी क्षेत्रमा सबैभन्दा धेरै वर्षा

एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा रेकर्ड भएको छ। पानीपोखरीमा ३५.४ मिलिमिटर वर्षा भएको छ।
एक घण्टा अवधिमा काठमाडौंको पानीपोखरी क्षेत्रमा सबैभन्दा धेरै वर्षा

काठमाडौं, जेठ ४ : आइतबार दिउँसोदेखि काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा पानी परिरहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका जिल्लाहरुमा पानी परिरहेको हो।

Hardik ivf

काठमाडौं उपत्यकासहित सर्लाही, उदयपुर, ओखलढुङ्गा, सिन्धुपाल्चोक, गुल्मीलगायतका जिल्लामा पानी परिरहेको र चट्याङ परेकाले सतर्कता अपनाउन विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा रेकर्ड भएको छ। पानीपोखरीमा ३५.४ मिलिमिटर वर्षा भएको छ।

त्यसपछि धेरै वर्षा काभ्रेको खोपासी (पनौती) क्षेत्रमा १० मिलिमिटर वर्षा भएको छ। गत १२ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा भने स्याङ्जामा रेकर्ड भएको छ।

स्याङ्जामा १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ। कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने फाटफुट्ट मात्र पानी परेको छ।

प्रकाशित मिति: १५:३८ बजे, आइतबार, जेठ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्