गौतम बुद्ध विमानस्थल अनियमितताको छानबिन गर्न खाँणको संयोजकत्वमा उपसमिति गठन
भट्टराई नेतृत्वको उपसमितिमाथि प्रश्न उठेपछि खाँणको नेतृत्वमा पुनः अर्को उपसमिति बनाइएको हो। विवाद उत्पन्न भएपछि उपसमितिबाट भट्टराई अलग भएका थिए।
कठमाडौं, जेठ ४ : भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता प्रकरणमा छानबिन गर्न सांसद मञ्जु खाँणको संयोजकत्वमा प्रतिनिधिसभाको सार्वजनिक लेखासमितिको उपसमिति गठन गरिएको छ।
भैरहवा विमानस्थलबारे निर्माणमा त्रुटि, मुआब्जा निर्धारण र वितरणमा समस्या भएकोबारे छानविन गर्न यसअघि एमाले सांसद योगेश भट्टराईको संयोजकत्वमा उपसमिति गठन भएको थियो।
भट्टराई नेतृत्वको उपसमितिमाथि प्रश्न उठेपछि खाँणको नेतृत्वमा पुनः अर्को उपसमिति बनाइएको हो। विवाद उत्पन्न भएपछि उपसमितिबाट भट्टराई अलग भएका थिए।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि सुरुमा ६ अर्ब २२ करोड लगानी अनुमान गरिए पनि सम्पन्न हुँदासम्म बढेर ८ अर्ब ८२ करोड पुगेको थियो।
विमानस्थलमा जग्गा अधिग्रहणमा अनियमितता भएको भन्दै प्रश्न उठेपछि उपसमिति बनाइएको हो।
प्रकाशित मिति: १५:२२ बजे, आइतबार, जेठ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

