Kathmandu Press

रविको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्चको आदेश 

उच्च अदालतका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासले आइतबार कास्की जिल्ला अदालतमा पेश भएको मिसिल झिकाउने आदेश दिएको हो। 
रविको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्चको आदेश 

कास्की, जेठ ४ : उच्च अदालत पोखराले पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको सहकारी रकम अपचलन मुद्दामा तल्लो अदालतबाट मिसिल प्रमाण झिकाउन आदेश गरेको छ।

उच्च अदालतका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासले आइतबार कास्की जिल्ला अदालतमा पेश भएको मिसिल झिकाउने आदेश दिएको हो। 

यसअघि लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई जानकारी नदिई सुनुवाइ अघि बढाएको भन्दै इजलासमा आपत्ति जनाएपछि आइतबारका लागि मुद्दा ‘हेर्दाहेर्दै’ मा राख्ने आदेश भएको थियो। 

गत २५ पुसमा जिल्ला अदालत काश्कीले लामिछानेलाई ६५ लाख धरौटी लिई तारेखमा छाड्न आदेश दिएको थियो। 

उक्त आदेश खारेजीको माग गर्दै मुद्दाका दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। लामिछानेले आफू सामान्य तारिखमा रिहा हुनुपर्ने माग गर्दै निवेदन दिएका हुन्। 

सरकारी वकिलले पनि लामिछालाई थुनामै राख्नुपर्ने मागसहित निवेदन दिएका छन्। 

प्रकाशित मिति: १५:१४ बजे, आइतबार, जेठ ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्