Kathmandu Press

‘नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छ’

उनले जिम्मेवारी निकायको उपस्थित नभएको भन्दै सरकार बारम्बार बाढीपछिको उद्धारको कुरा गर्ने तर बाढी पूर्वको तयारी किन गर्दैनौ भन्दै प्रश्न उठाइन्। 
‘नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छ’

काठमाडौं, जेठ ४ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नदी किनारका बस्तीहरु बाढीको त्रासमा बाँचिरहेको बताएकी छन्। 

आइतबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले बर्षायाम सुरु हुन लागेको भन्दै उनले सभामुखमार्फत नदी किनारका बस्तीहरु बाढीको त्रासमा रहेको बताएकी हुन्।  

Hardik ivf

‘बर्खायाम आउँदैछ। हावाहुरीले संकेत दिइसकेको छ। विषेशगरी कर्णाली क्षेत्रका भजनी गाउँपालिका, जोसिपुर नगरपालिका साथै अधिकांश कर्णाली नदी लगायतका अन्य नदी किनारका बस्तीहरु बाढीको त्रासमा बाँचिरहेका छन्। त्यहाँका मानिसहरु अहिले नै आकाश हेरेर डराउन थालेका छन्,’ उनले भनिन्। 

उनले जिम्मेवारी निकायको उपस्थित नभएको भन्दै सरकार बारम्बार बाढीपछिको उद्धारको कुरा गर्ने तर बाढी पूर्वको तयारी किन गर्दैनौ भन्दै प्रश्न उठाइन्। 
 

प्रकाशित मिति: १४:०८ बजे, आइतबार, जेठ ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्