Kathmandu Press

राजनीति व्यवस्था र संविधानविरोधी गतिविधिलाई गम्भीरतापूर्वक लिन आइजिपीको निर्देशन

प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने चेतावनी आईजीपी थापाको छ। 
राजनीति व्यवस्था र संविधानविरोधी गतिविधिलाई गम्भीरतापूर्वक लिन आइजिपीको निर्देशन

काठमाडौं, वैशाख ४ : प्रहरी महानिरीक्षक दीपक थापाले राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको बताउँदै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आइतबार उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै आईजीपी थापाले उक्त कुरा बताएका हुन्। 

Hardik ivf

उनले कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्व दिन पनि मातहत प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिए। सो अवसरमा आइजिपी थापाले आगामी जेठ १५ गते राजावादीले गर्ने भनिएको प्रदर्शनका सन्दर्भमा उच्च सतर्कता अपनाउन पनि निर्देशन दिएका छन्। 

प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने चेतावनी आईजीपी थापाको छ। 

साथै, थापाले प्रहरी अधिकृतले मातहतका कर्मचारीलाई कुटपिट गरेको घटनाले प्रहरी सङ्गठनलाई बदनाम गरेको बताउँदै गलत काम गर्ने कर्मचारीलाई सङ्गठनको विधिअनुसार कारबाही हुने प्रबिद्धता पनि व्यक्त गरे। 
 

प्रकाशित मिति: १४:०० बजे, आइतबार, जेठ ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्