Kathmandu Press

संसद जनताहरुलाई ढाट्ने थलो बन्यो : सांसद कार्की

सांसद कार्कीले यो सरकार निरकुंश भइइरहेको बताइन्। उनले बन्नुपर्ने विषयहरुमा संसदमा छलफल गरिरहँदा यता मान्यज्यूहरु खासखुस र मोबाइलमा गेम खेलिरहेको अवस्था रहेको बताइन्।
संसद जनताहरुलाई ढाट्ने थलो बन्यो : सांसद कार्की

काठमाडौं, जेठ ४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संसद जनताहरुलाई ढाट्ने थलो रहेको बताएकी छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद नै आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेको बताएकी हुन्।

‘बाहिरबाट हेर्दाखेरी यो संसदको लोप लाग्थ्यो। तर संसदभित्र आइसकेपछि के थाहा पाए त यो त ढाट्ने थलो पो रहेछ। यहाँ आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेछ। यो जस्तो निरष्ठ ठाउँ त कहिँ पनि रहेनछ,’ उनले भने, ‘यहाँ बोलिदो रहेछ तर बोलेका कुरा नसुनिदो रहेछ। यहाँ कुसीहरु खाली हुँदा रहेछन् र सरकारले जहिले पनि जनतालाई सांसदको रुपबाट ढाट्दो रहेछ।’

Hardik ivf

सांसद कार्कीले यो सरकार निरकुंश भइइरहेको बताइन्। उनले बन्नुपर्ने विषयहरुमा संसदमा छलफल गरिरहँदा यता मान्यज्यूहरु खासखुस र मोबाइलमा गेम खेलिरहेको अवस्था रहेको बताइन्।

‘बन्नुपर्ने विषयहरुमा हामी छलफल गरिरहेका हुन्छौं तर यता मान्य ज्यूहरु खासखुस र मोवाइलमा गेम खेलिरहेको सिन देखिन्छ,’ उनले भने, ‘यो सरकार निरकुंश भइरहेको छ, बोल्ने लेख्ने स्वतन्त्रता किन हुँदैन? गणतन्त्रले दिएको यही हो  नेपाली जनातालाई उपहार।’
 

प्रकाशित मिति: १३:३९ बजे, आइतबार, जेठ ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्