Kathmandu Press

उपेश परियार मृत्यु प्रकरणमा ज्यान मुद्दा चलाउन सांसदको माग

काभ्रेबाट निर्वाचित माओवादी केन्द्रका सांसद सूर्यमान दोङ, रास्वपा सांसद शिव नेपाली, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही लगायतले विद्युत प्राधिकरणका कर्मचारीको चरम लापरवाहीका कारण मजदुर परियारको ज्यान गएको प्रश्न उठाएका हुन्। 
उपेश परियार मृत्यु प्रकरणमा ज्यान मुद्दा चलाउन सांसदको माग

काठमाडौं, वैशाख ४ : काभ्रेको धुलिखेलमा विद्युतको खम्बामा काम गरिरहेका बेला करेन्ट लागेर मृत्यु भएका मजदुर उपेस परियारको हत्या भएको बताउँदै सांसदहरुल ज्यान मुद्दा चलाउन माग गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसदहरुले यस्तो माग गरेका हुन्। काभ्रेबाट निर्वाचित माओवादी केन्द्रका सांसद सूर्यमान दोङ, रास्वपा सांसद शिव नेपाली, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही लगायतले विद्युत प्राधिकरणका कर्मचारीको चरम लापरवाहीका कारण मजदुर परियारको ज्यान गएको प्रश्न उठाएका हुन्। 

परियारको काभ्रेको धुलिखेलस्थित विद्युतको खम्बामा काम गरिरहेका बेला शनिबार करेन्ट लागेर मृत्यु भएको थियो । मृतक परियार सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथाका हुन्। 

Hardik ivf

नेकपा माओवादी केन्द्रका सांसद दोङले प्राधिकरणको लापरबाहीले मजदुरको ज्यान गएको बताए। प्राधिकरणले बिनासूचना बिजुली सप्लाइ गरेकाले करेन्ट लागेको सांसदहरुले बताएका छन्। 

‘काभ्रेमा एकजना मजदुरको ज्यान गएको छ, विद्युत प्राधिकरणको जिल्ला कार्यालयले बिजुली बन्द गरेको सूचना दिए पनि अर्को सूचना नदिई बिजुली सप्लाइ गर्दा काम गरिरहेका मजदुरको ज्यान गयो,’ सांसद दोङले भने, ‘विद्युत प्राधिकरणको गैरजिम्मेवारीले एक मजदुरले ज्यान गुमाए । यसको सत्यतथ्य जाँच होस्।’

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले घटनाको छानविन गरी कारबाही गर्न माग गर्दै बिजुलीको पोलमा सुरक्षाका उपकरण बिना श्रमिकलाई खटाउने गरेकाले धेरैले ज्यान गुमाएको बताए। 

सांसद नेपालीले भने, ‘कुनै पनि सूचना नदिई प्राधिकरणले विजुली छोड्दा उनको ज्यान गयो । यो ज्यान प्राधिकरणले लिएको हो । तत्काल यसको छानबिन गरियोस् ।’ नेपालीले मृतक मजदुरका परिवारलाई राहत र क्षतिपूर्तिको माग समेत गरे।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पनि राज्यले नै मजदुरको हत्या गरेको बताए । उनले भने, ‘पोलमा मजदुर चढेका बेला बिना सूचना बिजुली छोड्नु भनेको हत्या नै हो । यो घटनाको छानबिन होस् र जान मार्ने कसुरमा मुद्दा चलोस् ।’


 

प्रकाशित मिति: १३:२८ बजे, आइतबार, जेठ ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्