परराष्ट्र र वोर्डले गरायो विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’
पाहुनाको भ्रमणका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए। साहसिक गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको हो।
काठमाडौं, वैशाख ४ : सगरमाथा संवादमा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खलाहरूको दृश्यावलोकन गराइएको छ।
विदेशी पाहुनालाई आइतबार सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो। विदेशी पाहुना ‘माउन्टेन फ्लाइट’ मा दृश्यावलोकनमा गएका हुन्।
पाहुनाको भ्रमणका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए। साहसिक गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको हो।
‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक अन्तरराष्ट्रियस्तरको ‘सगरमाथा संवाद’ मा स्वदेशी र विदेशी गरी तीन सय ५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता रहेको जनाइएको छ।
‘माउन्टेन फ्लाइट’ करिब एक घण्टाको रहेको थियो । विदेशी पाहुनाहरुले सगरमाथा, मकालु, नुप्से, गौरीशङ्करलगायतका हिमशृङ्खलाको दृश्यावलोकन गरेका थिए।
प्रकाशित मिति: १३:२५ बजे, आइतबार, जेठ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार