Kathmandu Press

‘राप्रपाका युवा संगठनका अध्यक्ष केसीलाई पक्राउ गरेर सरकारले संविधानकोे ठाडो उल्लंघन गर्‍यो’

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नै पटकपटक रोष्टममा नै फरक मत राख्नेहरुलाई पक्राउ गर्छु भन्ने धारणा राखेको भन्दै प्रधानमन्त्री, गृहमन्त्री र यो सरकार नेपालको संविधानभन्दा पनि ठूलो हो? भन्दै प्रश्न गरे।
‘राप्रपाका युवा संगठनका अध्यक्ष केसीलाई पक्राउ गरेर सरकारले संविधानकोे ठाडो उल्लंघन गर्‍यो’

काठमाडौं, जेठ ४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीलाई पक्राउ गरेर संविधानकोे ठाडो उल्लङघन गरेको बताएका छन्। 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नै पटकपटक रोष्टममा नै फरक मत राख्नेहरुलाई पक्राउ गर्छु भन्ने धारणा राखेको भन्दै प्रधानमन्त्री, गृहमन्त्री र यो सरकार नेपालको संविधानभन्दा पनि ठूलो हो? भन्दै प्रश्न गरे।

Hardik ivf

यदी संविधानभन्दा सरकार ठूलो हो भने बहुमतको आधारमा संविधानको धारा १७ संशोधन गर्न सुझाव पनि उनले दिए। 

‘फरक विचार राख्ने वित्तिकै जेल हाल्ने, सामाजिक सञ्जालमा लेख्यो भनेर जेल हाल्ने ?आज राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा संगठनका अध्यक्षलाई सामाजिक सञ्जालमा लेखिएको भरमा नै जेल हालिएको छ। नेपालको संविधानको धारा १७ को ठाडो उल्लंघन भयो कि भएन?,’ उनले भने, ‘प्रधानमन्त्रीले नै पटक–पटक रोष्टमबाट फरक मत राख्नेहरुलाइ पक्राउ गर्छु भन्नुहुन्छ। के प्रधानमन्त्री र गृहमन्त्री साथै सरकार नेपालको संविधानभन्दा पनि ठूलो हो? यदी ठूलो हो भने तपाईहरुसँग बहुमत छ यो धारा संशोधन गर्नुहोस्।’ 

सांसद शाहीले संविधान पालना गर्न नसके सरकारमा बस्नुको कुनै महत्व र वैधानिक हुन नसक्ने बताए। 

केसीलाई सामाजिक सञ्जालमा भाम्रक सूचना संप्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले शुक्रबार पक्राउ गरेको थियो। 
 

प्रकाशित मिति: १२:११ बजे, आइतबार, जेठ ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्