Kathmandu Press

मदन भण्डारीले ल्याएको बहुदलीय जनवाद सान्दर्भिक : प्रवक्ता महत

नेता महतले विगतको प्रतिस्पर्धी राजनीतिक र एकअर्काको अस्तित्व नस्विकार्ने परिस्थितीमा परिवर्तन भई आज एकअर्कामा प्रतिस्पर्धा गरेपनि संयुक्त्तरुपमा प्रतिगामीलाई परास्त गर्न सक्ने बताए। 
मदन भण्डारीले ल्याएको बहुदलीय जनवाद सान्दर्भिक : प्रवक्ता महत

काठमाडौं, जेठ ३ : पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले जननेता मदन भण्डारीले ल्याएको बहुदलीय जनवाद अहिलेको समय सान्र्दभिक भएको बताएका छन्। 

शनिबार जननेता मदन भण्डारी र कुशल सङगठन जीवराज आश्रितको स्मृतिमा आयोजित परिसंवाद कार्यक्रममा बोल्दै उनले बहुदलीय जनवादले पार्टी पङत्तिमा सहकार्य निर्माण गर्न सकेको भन्दै यस्तो धारणा व्यक्त गरेका हुन्। 

Hardik ivf

‘जननेता मदन भण्डारीले बहुदलीय जनवाद भनेर अगाडि सार्नुभयो, त्यो समय सान्र्दभिक, बदलिदो विश्व परिस्थितीमा खुल्ला प्रतिस्पर्धी राजनीतिक गरेर सत्तामा जान सकिन्छ र लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने मान्यता नेपालमा प्रवेश गराउनुभयो। त्यसले मलाई लाग्छ पार्टी पङित्तमा सहकार्य र एकअर्कालाई बुझ्ने परिस्थिती निर्माण भएको मलाई लाग्छ,’ उनले भने। 

नेता महतले विगतको प्रतिस्पर्धी राजनीतिक र एकअर्काको अस्तित्व नस्विकार्ने परिस्थितीमा परिवर्तन भई आज एकअर्कामा प्रतिस्पर्धा गरेपनि संयुक्त्तरुपमा प्रतिगामीलाई परास्त गर्न सक्ने बताए। 

कार्यक्रममा बोल्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले पार्टीलाई सहि दिशामा डोर्याउने काम जननेता मदन भण्डारीले गरेको बताए। 

स्व.नेता भण्डारीले झापाकालीन लक्ष्यवादी आन्दोलनको प्रभाव र मान्यताबाट निर्देशित हुने परम्पराबाट वैचारिक अगुवाई गरी पार्टीलाई आजको अवस्थामा ल्याउने काम गरेको पनि उनले बताए।

प्रकाशित मिति: २०:४३ बजे, शनिबार, जेठ ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्