Kathmandu Press

सगरमाथा आधारशिविरमा विशेष संवाद, १६ बुँदे ध्यानाकर्षण  

महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे सगरमाथामा आधारशिविर पुगेर संवादमा सहभागी भएका हुन्।
सगरमाथा आधारशिविरमा विशेष संवाद, १६ बुँदे ध्यानाकर्षण  

काठमाडौं, जेठ ३ : सगरमाथाको आधार शिविरमा ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयक विशेष संवाद सम्पन्न भएको छ।

नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणामा शनिबार विशेष संवादको आयोजना गरेका हुन्।

महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे सगरमाथामा आधारशिविर पुगेर संवादमा सहभागी भएका हुन्।

Hardik ivf

३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर विशेष संवाद सुरु गरिएको थियो। स्थानीयका तर्फबाट आरोही बाबु शेर्पाले सरकारले जलवायु परिवर्तनको असर नियन्त्रण एवं पर्यावरण जोगाउनेसहितका तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने १६ बुँदे कार्यबारे प्रस्तुतिकरण दिए।

लुक्लादेखि पाँच दिन लगातार पदयात्रा गरेर सगरमाथा आधार शिविर पुगेका महामन्त्री शर्माले आधारशिविरमा सञ्चार टावर, भरियाको बिमा, सुरक्षा युनिट जस्ता विषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिए । शर्माले कार्बन उत्सर्जन बढी गर्ने ठुला राष्ट्रमाथि दबाब बढाउन साना राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्ने बताए।

१६ बुँदा ग्रहण गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढंगले कार्य गर्न समर्पित रहेको बताएको छन्।

पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू विशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा कीर्तिमानी आरोही कामिरिता शेर्पा, डा.आशिष पौडेल, मिङमा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटे लगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको संकट समाधान गर्न सरकारले बिशेष योजना बनाउनुपर्नेमा ध्यानाकर्षण गराएका छन्।

महामन्त्री शर्माले हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेर फिल्डबाटै सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराएका हुन्। 
 

प्रकाशित मिति: १९:३९ बजे, शनिबार, जेठ ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्