Kathmandu Press

क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध हुन माधव नेपालको आब्हान

अखिल नेपाल महिला संघ (समाजवादी) सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालका क्रान्तिकारी कम्युनिष्टहरुलाई कमी कमजोरीबाट मुक्त एकतावद्ध हुन आग्रह गरे।
क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध हुन माधव नेपालको आब्हान

काठमाडौं, जेठ ३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालका क्रान्तिकारी कम्युनिष्टहरुलाई आफ्ना कमी कमजोरी सुधार गरी एकतावद्ध भई अगाडि बढ्न आग्रह गरेका छन्। 

अखिल नेपाल महिला संघ (समाजवादी) सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालका क्रान्तिकारी कम्युनिष्टहरुलाई कमी कमजोरीबाट मुक्त एकतावद्ध हुन आग्रह गरे।

‘नेपालका क्रान्तिकारी कम्युनिष्टहरुलाई म भन्न चाहन्छु सबैखालका संकिर्णबाट मुक्त हुनुस् । आफ्ना कमीकमजोरीलाई सुधार्ने आँट गर्नुहोस्। सबैलाई एकतावद्ध बनाएर अघि बढ्ने फराकिलो दृष्टिकोण राख्नुस्,’ उनले भने, ‘कुनै आग्रह पाल्नुपर्ने छैन्, कुनै पूर्वाग्रह राख्नुपर्ने छैन र कमी कमजोरीबाट मुक्त हुनैपर्छ।’   
 
नेपालले विगतमा भएका आन्दोलनको सफलतालाई उपयोग गर्न नसकेर गल्ती गरेको भन्दै आफ्नो देशको विशेषतालाई बुझेर अगाडि बढ्नुपर्ने बताए। 
 
प्रकाशित मिति: १९:२० बजे, शनिबार, जेठ ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्