Kathmandu Press

‘कम्युनिष्ट आन्दोलनलाई सडक र सदनबाट उठाउने मदन भण्डारी नै हुन्’

नेता भण्डारीले नेपाली कांग्रेसको सरकारले भारतसँग टनकपुर सन्धिको नाममा अपमानजनक गरेको सन्धिको भण्डाफोर गर्ने काम त्यतिबेला महत्वपूर्ण रहेको उनले बताए। 
‘कम्युनिष्ट आन्दोलनलाई सडक र सदनबाट उठाउने मदन भण्डारी नै हुन्’

काठमाडौं, जेठ ३ : पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादी पार्टीका नेता झलनाथ खनालले मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई सडक र सदनबाट अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। 

शनिबार मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भण्डारीको देश भक्तिपूर्ण दृष्टिकोण अविस्मरणीय रहेको भन्दै कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान पुर्याएको बताए। 

Hardik ivf

‘नेपालको कम्युनिष्ट आन्दोलनभित्र गलत विचार र चिन्तनसँग लड्ने कुराहरुमा ठुलो योगदान पुर्याउनुभयो र कम्युनिष्ट आन्दोलनलाई सडक साथै सदन दुबै क्षेत्रबाट अगाडि बढाउने कुरामा पनि उहाँहरुले महत्वपूर्ण योगदान दिनुभयो,’ उनले भने, ‘खासगरि कमरेड मदन भण्डारीलाई सम्झिंदा उहाँको देशभक्तिपूर्ण आन्दोलन, देशभक्तिपूर्ण दृष्टिकोण बडो अविस्मरणीय छ।’ 

नेता भण्डारीले नेपाली कांग्रेसको सरकारले भारतसँग टनकपुर सन्धिको नाममा अपमानजनक गरेको सन्धिको भण्डाफोर गर्ने काम त्यतिबेला महत्वपूर्ण रहेको उनले बताए। 

‘हामीले संसदमा त्यतिबेला आठ घन्टा उभिएर टनकपुर सन्धिको विरोध गरेका थियौं। संसदीय संघर्ष गरेका थियौँ। नेपालको इतिहासमा नै अविस्मरणीय छ । जुन संघर्षको परिणाम स्वरुप असफल भयो। सो संघर्षलाई देशभक्तिपूर्ण भावनाको उचाइलाइ सम्मान गर्न चाहन्छु,’ उनले भने। 

प्रकाशित मिति: १८:५६ बजे, शनिबार, जेठ ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्