Kathmandu Press

देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छ : प्रधानमन्त्री

मेस्सी, एम्बापे जस्ता फूटबल खेलाडी एकै पटक नबनेको प्रसंग उल्लेख गर्दै उनले रहर लाग्ने वित्तिकै चिकित्सक, इञ्जिनियर कोही नबन्ने उल्लेख गरे।
देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छ : प्रधानमन्त्री

काठमाडौं जेठ ३ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमत सरकार आवश्यक भएको बताएका छन्। 

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा उनले देशलाई बिगार्न नदिन र बिना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेको बहुमतको सरकारका आवश्यक भएको बताए।

Hardik ivf

‘मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिला गर्यौं, स्वार्थ समूहको भ्रमबाट मुक्त हुनुपर्छ, एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाले साथ दिनुपर्छ,’ उनले भने, ‘म युवालाई एमालेमा आउनुस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उकास्न चाहन्न। एमालेमा आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ।‚

मेस्सी, एम्बापे जस्ता फूटबल खेलाडी एकै पटक नबनेको प्रसंग उल्लेख गर्दै उनले रहर लाग्ने वित्तिकै चिकित्सक, इञ्जिनियर कोही नबन्ने उल्लेख गरे।

कार्यक्रममा युवा चिकित्सक, इञ्जिनियरसहित करिब १०० जना एमालेमा प्रवेश गरेका थिए। त्यस अवसरमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका युवा व्यवसायीलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: १६:१८ बजे, शनिबार, जेठ ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्