Kathmandu Press

जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल

‘एमाले त्यसयता निरन्तर राष्ट्रिय राजनीतिको एक निर्णयकारी शक्तिका रुपमा रहनुमा जबजको मुख्य योगदान छ,’ उनले भने। 
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल
फाइल तस्बिर।

काठमाडौं, जेठ ३ : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले जनताको बहुदलीय जनवादकै जगमा देशको प्रमुख राजनीतिक शक्ति बन्न सफल भएको बताएका छन्। 

मदन आश्रित स्मृति दिवसका अवसरमा आज पार्टीको पूर्वमुख्यालय स्थलमा आयोजित कार्यक्रममा नेता पोखरेलले तत्कालिन महासचिव मदन भण्डारीको नेतृत्वमा विकास भएको जबजकै जगमा पार्टीले २०५१ सालमा संसद्को सबैभन्दा ठूलो दल बनेको उल्लेख गरे।

Hardik ivf

‘एमाले त्यसयता निरन्तर राष्ट्रिय राजनीतिको एक निर्णयकारी शक्तिका रुपमा रहनुमा जबजको मुख्य योगदान छ,’ उनले भने। 

निरंकुश राजतन्त्र समाप्त गर्न तथा जातीय भड्काउ तथा हिंसात्मक नीतिहरुलाई परास्त गर्न पनि जबजले मद्दत गरेको उनको भनाइ थियो। पार्टीमाथिको प्रतिबन्धलगायत विभिन्न समयमा चुनौतिको सामना गर्दै पार्टी अघि बढिरहेको उनले उल्लेख गरे। 

‘विसं २०५४ सालको पार्टी विभाजन, संविधानसभाको चुनावमा निराशाजनक परिणाम र दोस्रो पटक समेत पार्टी विभाजनबाट उठाएर पार्टीलाई अघि बढाउन जबजले मार्गदर्शन गरेको छ,’ उनले भने।

प्रकाशित मिति: १५:५९ बजे, शनिबार, जेठ ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्