Kathmandu Press

‘पश्चिम सेती जलविद्युत परियोजना माओवादीले अघि बढाएको हो’

उनले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो नेतृत्वमा भएको भन्दै त्यसप्रति आफु गम्भिर रहेको बताए।
‘पश्चिम सेती जलविद्युत परियोजना माओवादीले अघि बढाएको हो’

काठमाडौं, जेठ ३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन्। 

‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ का क्रममा डोटीको दीपायलमा आयोजित भव्य जनसभामा बोल्दै उनले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो नेतृत्वमा भएको भन्दै त्यसप्रति आफु गम्भिर रहेको बताए।

Hardik ivf

‘यो क्षेत्रको आर्थिक विकासका निम्ति ठुलो परियोजनाको रुपमा रहेको पश्चिम सेती जलविद्युत परियोजना झण्डै साढे सात सय मेगावटको परियोजना हाम्रै पार्टीका उर्जामन्त्री पोष्ट बहादुर बोगटी हुनुभएको बेलामा भएको हो,’ अध्यक्ष दाहालले भने, ‘सेती परियोजनालाई अगाडि बढाउन चिनियाँ कम्पनीसँग पनि उहाँले सम्झौता गर्नुभएको थियो। तर त्यो पछि रद्ध गरियो। पश्चिम सेती जलविद्युत परियोजना अगाडि बढाउन हाम्रो पार्टी गम्भिर रहेको छ। त्यसलाई कुनै न कुनैरुपले सम्पन्न गर्नुपर्छ भन्नेमा हामी प्रस्ट छौं।’

उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लोकमार्गको प्रस्ताव अघि सारेको बताए। बसाइसराइको विकराल समस्या सामाधान गर्न लोकमार्ग निर्माण अघिबढाइएको उनले बताए

‘पहिलो चोटी प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग मध्य पहाड र हिमालमा बस्ने जनताको हितलाई विचार गरेर, राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान चलोस्, यस क्षेत्रबाट बसाइसराइको विकराल समस्या देखिएको छ, त्यसलाई रोक्न सकिन्छ भन्ने उद्देश्यले मैले नै प्रस्ताव गरेको हुँ। अहिले यो सम्पन्न हुँदैछ,’ उनले भने।

प्रकाशित मिति: १५:३१ बजे, शनिबार, जेठ ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्