Kathmandu Press

कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिल्नुपर्ने अवस्था आयो : माधव नेपाल

शनिबार ३२औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको परिस्थिति अनुरुप कांग्रेस र कम्युनिष्ट मिल्नुपर्ने बताए। 
कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिल्नुपर्ने अवस्था आयो : माधव नेपाल

काठमाडौं, जेठ ३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विगतमा वामपन्थी र दक्षिणपन्थी विचार बोकेकाहरु मिलेर नै आन्दोलनहरु सफल भएको बताएका छन्।

शनिबार ३२औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको परिस्थिति अनुरुप कांग्रेस र कम्युनिष्ट मिल्नुपर्ने बताए। 

‘कमरेड पुष्पलालले भन्नुभएको थियो–जबसम्म यहाँ नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले हातेमालो गदैनन्, निरङकुस राजतन्त्रलाई पञ्चायती तानाशाहीलाई पराजित गर्न सकिँदैन। यो विचारलाई कांग्रेसका नेता बिपी कोइरालाले अस्विकार गरेका थिए,’ उनले भने, ‘फलस्वरुप बिपी बाचँुन्जेलसम्म नेपाली कांग्रेसबाट एक्लै आन्दोलन सफल भएन। पछिल्लो ०६२÷६३ वामपन्थी र दक्षिणपन्थी विचार बोकेर पनि देशको परिस्थितीमा निरङकुश राजतन्त्रको विरुद्धमा जुध्ने मानसिकताले दुईले हातेमालो गरे र राजतन्त्रको अन्त्य पनि भयो। यो वास्तविकतालाई सबैले महसुस गर्नुपर्छ। कितावको पाना पल्टाएर होइन देशको परिस्थिती अनुसार अगाडि बढ्नुपर्छ।’

अध्यक्ष नेपालले जनताको विश्वास अनुरुप काम गर्नुपर्ने भन्दै सबै एकतावद्ध भएर काम गर्नुपर्ने बताए। 

प्रकाशित मिति: १४:१३ बजे, शनिबार, जेठ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्