‘विद्युतीय सवारी साधनको प्रवर्द्धनमा छौं’
उनले सुरुवातमा ६२ वटा चार्जिङ स्टेशनहरु भएपनि अहिले सात सयभन्दा बढि चार्जिङ स्टेशनहरु रहेको भन्दै त्यसलाई प्राधिकरणले ११ केबीको मध्यम भोल्टेज विद्युत दिएर प्रवद्र्धन गरिरहेका बताए।-1747463624.png)
काठमाडौं, जेठ ३ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवद्र्धन गर्न खोजिरहेको बताएका छन्।
शनिबार सगरमाथा संवादमा बोल्दै उनले हाल नेपालमा भएको विद्युतीय सवारी साधन धेरै नै कम भएको भन्दै यसलाई बढाउन नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्रोत्साहन गरिरहेको बताए।
उनले सुरुवातमा ६२ वटा चार्जिङ स्टेशनहरु भएपनि अहिले सात सयभन्दा बढि चार्जिङ स्टेशनहरु रहेको भन्दै त्यसलाई प्राधिकरणले ११ केबीको मध्यम भोल्टेज विद्युत दिएर प्रवद्र्धन गरिरहेका बताए।
‘हामी विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवद्र्धन गर्न खोजी रहेका छौं। नेपालमा धेरै विद्युतीय सवारी साधनहरु छन् तर अझै पनि यातायात व्यवस्था प्रर्याप्त छैन् । त्यसकारण हामीले देशभर चार्ज गर्ने स्थान बढाउनुपर्छ,’ उनले भने, ‘पहिला हामीसँग ६२ वटा चार्जिङ स्टेशनहरु थिए, अहिले नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्रोत्साहन गरिरहेको हुनाले सात सयभन्दा बढि स्टेशनहरु छन्। प्राधिकरणबाट ती चार्जिङ स्टेशनहरुमा ११ केबीको मध्यम भोल्टेज विद्युत जान्छ। यसरी विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गरिरहेका छौं।’
उनले नेपालमा सडकमा गुड्ने ठूला ट्रक र बसहरु सबै पेट्रोलबाट चल्ने हुनाले सबैलाई विद्युतीय सवारी साधनमा परिणत गर्ने प्रक्रिया र नियमन आवश्यक भएको पनि बताए।
‘विद्युतीय सवारी साधनको कुरा आएको छ। अहिले नयाँ विद्युतिय सवारी साधन भित्राउने योजनामा छौ तर यो काम गर्दैगर्दा रोडमा गुड्ने ट्रक र ठूला बसहरु सबै पेट्रोलबाट चल्ने साधन हुन्। यी सबैलाई विद्युतीय सवारी साधनमा परिणत गर्नुपर्छ भनेर प्रयास गरिरहेका छौं, तर यसमा धेरै चुनौतीहरू छन्,’ उनले भने, ‘हामीले यो विगत २० वर्षदेखि गर्न खोजिरहेका छौं। तर विद्युतीय सवारी साधनमा परिणत गर्ने र यसलाई नियमन गर्ने काम गर्न सकिरहेका छैनौं।’
उनले नेपालमा ९५ प्रतिशत जनताको पहुँचमा विद्युत पुगेको पनि बताए।
-(30)-1751555458.jpg)