काठमाडौं, जेठ ३: आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ।
शनिबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बस्न लागिएको हो।
बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने छ।
प्रकाशित मिति: १०:२७ बजे, शनिबार, जेठ ३, २०८२